image
image

मनकामना स्मार्ट लघुवित्तको आईपिओ भर्ने आज अन्तिम दिन

काठमाडौँ, २१, असार । मनकामना स्मार्ट लघुवित्तले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज असार २१ गते सोमबार अन्तिम दिन रहेको छ ।  कम्पनीले असार १७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो ।

कम्पनीले   ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गरेको हो  । जस मध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याईएको छ  । बाँकि रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ  । शेयर कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

आईपिओमा ६२ गुणा बढीको आवेदन परि सकेको छ । कम्पनीको आईपिओमा आइतबार बेलुका ५ बजेसम्ममा १७ लाख २५ हजार ६  सय ७८ जना आवेदकबाट २ करोड २७ लाख २६ हजार ८ सय ९० कित्ताको लागि आवेदन परेको हो  । यो माग गरिएको भन्दा ६२.५२  गुणा बढी हो  । 

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ६ गते आइतवार आईपिओ निष्काशनको लागि अनुमति दिएको हो । कम्पनीले फागुन १४ मा शेयर निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

मनकामना स्मार्ट लघुवित्तले डबल बि माइनस (BB-) को इस्युअर रेटिङ पाएको छ । इक्रा नेपालले कम्पनीलाई डबल बि माइनसको इस्युअर रेटिङ प्रदान गरेको हो । यसले पनि मध्यम जोखिम जनाउछ ।  

इक्राले कम्पनीहरुलाई ८ तहमा इस्युअर रेटिङ प्रदान गर्छ । जसमा  AAA सबैभन्दा उत्तम रेटिङ हो भने D सबैभन्दा कमजोर रेटिङ हो । जसमा  ट्रिपल बि  चौथो उत्तम रेटिङ हो भने डबल बि पाचौ उत्तम रेटिङ हो । रेटिङमा प्रयोग हुने प्लस र माइनसले रेटिङको तुलनात्मक स्थिति अथवा मजबुती लाई जनाउछ ।  इस्युअर रेटिङ आईपिओ , हकप्रद वा एफपिओको नभई समग्र कम्पनी कै रेटिङ हो । यसले कम्पनीको समग्र अवस्था जनाउछ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।