image
image

बीमा क्षेत्रका समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ माघ २४।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरूपमा उत्रन बीमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिएका छन् । साथै उनले आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुंगा साबित गर्न पनि सुझाव दिए । बीमा समितिको नवनियुक्त अध्यक्षको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले बीमा क्षेत्रका समस्या समाधानका लागि अर्थ मन्त्रालयले पनि सहयोग, सहजीकरण र समन्वय गर्ने बताए ।

कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा क्षेत्रले विश्वसनीयता कायम गर्नुपर्ने आवश्यता औँल्याउँदै बीमा क्षेत्रलाई सबल, सक्षम र प्रतिस्पर्धी बनाउनुपर्ने बताए । राजस्व सचिव रामशरण पुडासैनीले बीमाको पहुँच बढाउन र बीमा क्षेत्रको सुशासन कायम गर्ने कार्यमा विशेष जोड दिए ।

बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको सुधारका लागि खरोरूपमा उत्रने र फास्ट ट्र्याकमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले तत्काल देखापरेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने बताए । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवाललाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।