image
image

युनाइटेड फाइनान्सलाई प्राप्तिपछि नबिल बैंकले एकीकृत कारोबार असार २७ बाट  शुरु गर्ने

काठमाडौं, २१, असार । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति पश्चात एकीकृत कारोबार असार २७ गतेदेखि शुरु गर्ने भएको छ । यी दुबै कम्पनीको असार ५ गते सम्पन्न छुट्टा छुट्टै वार्षिक साधारण सभाबाट प्राप्ति गर्ने प्रस्ताव पारित  भएको र गत असार १५ गते नै नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती पाइसकेका कारण एकीकृत कारोबार शुरु हुन लागेको हो ।

कम्पनीले गत  असार १८ गते कम्पनी रजिष्ट्रार कार्यालयबाट कम्पनी गाभ्ने स्वीकृती पाइसकेको पनि बताएको छ । युनाइटेड फाइनान्सको १ कित्ता शेयर बराबर नबिल बैंकले शून्य दशमलव ३५ कित्ता (१ ः ०.३५) शेयर प्रदान गर्ने गरी युनाइटेड फाइनान्सलाई प्राप्ति गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।