image
image

पछिल्लो ११ महिना साढे १२ अर्बको आलु र प्याज आयात

काठमाडौं, २१, आसार । पछिल्लो ११ महिनाको अवधिमा नेपालले छिमेकी मुलुक भारतलगायतका अन्य मुलुकबाट झन्डै साढे १२ अर्बको आलू र प्याज आयात गरेको छ । सो अवधिमा आलु ८ अर्ब ७ करोड र प्याज ४ अर्ब ४१ करोड बराबरको आयात भएको भन्सार विभागले जनाएको छ । 

सरकारले कृषिउपज र हरियो तरकारीमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा भारतलगायका मुलुकबाट आलु र प्याज आयात चुलिँदै गएको हो  । प्याजको बेर्ना, आलुको बीउ पनि विदेशबाट नै आयात भएको देखिन्छ ।

विभागको तथ्यांकअनुसार, भारतबाट सबैभन्दा बढी आलु र प्याज आयात भएको छ । खासगरी ड्राइ, फ्रेस र अन्य प्याज गरी भारतबाट ४ अर्ब ३० करोड ४७ लाख ३७ हजार, चीनबाट ८ करोड ५४ लाख ११ हजार, इजिप्टबाट २ करोड २ लाख ६९ हजार र तुर्केबाट ७९ लाख ३ हजार बरारबको प्याज आयात भएको हो ।

त्यस्तैगरी, आलु सवैभन्दा ठूलो परिमाणमा भारतबाटै नै आयात भएको देखिन्छ । तथ्यांकअनुसार, भारतबाट मात्रै ७ अर्ब ६९ करोड ४९ लाख ४३ हजार बराबरको बीउ आलु, फ्रेस र अन्य आलु भित्रिएको देखिन्छ । त्यस्तै, बंगलादेशबाट ३७ करोड ५० लाख ६ हजार, चीनबाट २२ लाख ४ हजार, इन्डोनेसियाबाट ५ लाख ८७ हजार र अमेरिकाबाट ३ हजार बराबरको आलु आयात भएको देखिन्छ ।

नेपालमा आलु र प्याजको माग यत्तिनै छ भनेर कुनै यकिन तथ्यांक छैन । तर, आलु मागको ५० प्रतिशत र  प्याज मागको ७० प्रतिशत विदेशबाटै आयात भइरहेको तथ्यांकले देखाउँछ । 

नेपालीको मुख्य तरकारी आलु नै हो । हरेक दिन नेपालीको भान्सामा आलुबिनाको तरकारी शायदै पाक्दैन् । त्यसकारण पनि आलुको माग बढ्दै गइरहेको छ । चिप्स लगायतका धेरै परिकार आलुबाटै बनाइने भएकाले पनि आयात बढ्दो छ । नेपालीहरुको भान्सामा मूख्य तरकारी नै आलु बनेको छ । सबै भेराइटीका तरकारीमा पनि आलु मिसाउने गरिन्छ । 

नेपालमा आलू उत्पादन नहुने होइन् तर, मागको ५० प्रतिशत पनि स्वदेशी उत्पादनले नपुग्दा आयातकै भर पर्नुपर्ने अवस्था आएको देखिन्छ । वर्षेनी सरकारले कृषिजन्य वस्तुमा आत्मर्निभर बन्ने र आयात प्रतिस्थापन गर्ने योजना ल्याए पनि व्यवहारमा लागू हुन सकेको छैन ।त्यस्तै, तरकारीलाई स्वादिलो बनाउन मसला र तरकारीकै रुपमा प्रयोग हुने प्याजमा पनि भारतलगायतका देशबाट नै बढी परिमाणमा आयात हुन्छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।