नेप्से दोहोरो अंकले घट्दा दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि
काठमाडौँ २१ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सोमबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ११.७८ अंकले घटेर दुई हजार आठ सय २२ दशमलब ७४ विन्दुमा थामिएको हो ।
त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज कारोबार रकम पनि ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५ सय ७९ रुपैयाँमा सिमित भएको छ । आज २२४ कम्पनीको १ करोड ६३ हजार ६ सय ३६ शेयर ५२ हजार ८ सय ४६ पटक कारोबार भएको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा बिशाल बजार कम्पनी र हिमालयन डिस्ट्रलरी रहेका छन् । त्यस्तै, आज गुँरास फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ ।