image
image

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ओमानबाट पनि सुरु

काठमाडौं, २४ माघ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सन्जाल विस्तार गर्ने क्रममा अब ओमानबाट पनि आफ्नो सेवा सुचारु  गरेको छ। ओमानको मोर्डन एक्स्चेन्ज को एलएलसी र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको हो। ओमानमा रहेका नेपालीहरुले मोर्डन एक्स्चेन्ज को एलएलसीको सेवा प्रयोग गरेर सिटी एक्सप्रेसमार्फत नेपालमा सजिलै पैसा पठाउन सक्छन्।


नेपालमा सिटी एक्सप्रेससँग आबद्ध दश हजार भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिनेछ। नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ। सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र मोर्डन एक्स्चेन्ज को एलएलसीको तर्फबाट प्रबन्ध निर्देशक हर्मुज्दा बी डाभरले हस्ताक्षर गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।