image
image

सस्तो चिनियाँ मास्कले स्वदेशी उद्योग संकटमा

काठमाडौँ, २२, असार । चीनबाट सस्तो मास्क आएपछि स्वदेशी उद्योगले प्रतिस्पर्धा गर्न नसकेर उत्पादन कटौती गर्न थालेका छन्। देशभरिका झन्डै एक सयवटा मास्क उद्योगले एक महिनायता कम्तीमा ६० प्रतिशतले उत्पादन कटौती गरेको न्यू तिरुपति बालाजी उद्योगका सञ्चालक छत्रबहादुर खड्काले बताए। गुणस्तर मापदण्ड पूरा नगरेका मास्क आयात हुँदा स्वदेशी उद्योग मर्कामा परेको उनको भनाइ छ।

उनका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एक गुणस्तरीय मास्कमा ‘थ्री प्लाई’ अर्थात् कपडाका तीन तह हुनुपर्छ। जसमा माझको भागमा मेलबोर्न फिल्टरको प्रयोग गरिएको हुनुपर्छ। यस्तो मेलबोर्न फिल्टर २५ जीएसएमको हुनुपर्छ र यसको बीएफई (ब्याक्टेरिया फ्री इफिसिएन्सी) ९९ प्रतिशत हुनुपर्छ। यस्तो मेलबोर्न फिल्टर भएको मास्क उत्पादन भएका मितिले ८ देखि १२ महिनाभित्र उपभोग गरिसक्नुपर्छ।

‘तर नेपालका कुनै पनि भन्सार विन्दुमा बीएफई परीक्षण गर्ने मेसिन राखिएको छैन,’ उनले भने, ‘यस्तो मेसिनको मूल्य डेढ करोड रुपैयाँ छ तर भन्सार विभागले ल्याउन सकेको छैन।’ मास्क आयात गर्दा भन्सार महसुल ५ प्रतिशत र भ्याट तिर्नुपर्छ। खड्काले नेपालका करिब एक सय उद्योगले दैनिक १ करोड ५० लाख थान मास्क उत्पादन गर्न सक्ने बताए।

‘हामी मास्कमा आत्मनिर्भर भइसकेका छौं, बरु सरकारले वातावरण बनाइदिए निर्यात गर्न सक्ने भएका छौं,’ उनले भने। उनले आफ्नो कारखानाले दैनिक ३ लाख थान मास्क उत्पादन गर्दै आएकोमा अहिले ५० हजार थान मात्र उत्पादन गरिरहेको जानकारी दिए। ‘अउरा’ ब्रान्डको मास्कका उत्पादक वेदान्त जाजूले सस्तो र गुणस्तर नपुगेका मास्कका कारण समस्यामा परेको बताए।

उद्योगी जाजूले आफ्नो उद्योग १ महिना अघिसम्म २४ घण्टा नै सञ्चालनमा आएको उल्लेख गर्दै एक महिनायता हप्तामा दुई दिनमात्र चलाइएको जानकारी दिए। उनले उद्योगको क्षमता २४ घण्टामा २ लाख ७५ हजार थान मास्क उत्पादन गर्ने भए पनि हाल दैनिक ७५ हजार थान पनि उत्पादन हुन नसकेको बताए।मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष एवम् रिजालको हाइजिन इन्डस्ट्रीका सञ्चालक नवीन रिजालले दैनिक २ लाख ५० हजार थान मास्क उत्पादन गर्ने क्षमताको आफ्नो उद्योग ५० हजारमा खस्किएको बताए। 

‘सरकारले सबैभन्दा पहिले मास्कको आयातमा रोक लगाउनु पर्छ, रोक लगाउन नमिले एन्टी डम्पिङ ड्युटी एक्ट वा अन्य टुल्स प्रयोग गरेर आयातलाई निरुत्साहित गर्नुपर्छ,’ उद्योगी रिजालले भने, ‘हामी गुणस्तरीय मास्कको उत्पादनमा आत्मनिर्भर छौं भने सरकारले थाङ्नाका मूल्यका काम नलाग्ने मास्कको पैठारी गर्न किन दिइरहेको छ ?

सिनर्जी हाइजिनका सञ्चालक विकास चौधरीले आफ्नो उद्योगको क्षमता दैनिक २ लाख थान मास्क उत्पादन गर्ने भए पनि हाल ४० हजारमा खस्किएको बताए। उद्योगी चौधरीले उद्योगमा मास्कको उत्पादनमा खटिएका ७० मजदुरमा हाल २० मात्र कार्यरत रहेको जनाए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।