अब सरकारी कोषबाट भुक्तानी जारी गरिएको चेकको म्याद १५ दिनमात्र
काठमाण्डौ माघ २४ । अब सरकारी कोषबाट भुक्तानीका लागि जारी गरेको चेकको भुक्तानी अवधि १५ दिनको मात्र हुने भएको छ।

सरकारद्वारा नेपाल राजपत्रमा प्रकाशित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा यस्तो व्यवस्था गरिएको यो नियमावलीअनुसार अब सरकारी कोषबाट भुक्तानीका लागि जारी गरिएको चेकको भुक्तानी अवधि १५ दिनको हुनेछ।
यो व्यवस्थासँगै अब बैंकहरुले पनि १५ दिनको अवधि नाघेका त्यस्ता सरकारी कोषका चेकको भुक्तानी गर्न नपाउने भएका छन्।









