image
image

नेपसेमा झिनो अंकको गिरावट 

काठमाडौँ २२ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ५.२४ अंकले घटेर दुई हजार आठ सय १८ दशमलब १० विन्दुमा थामिएको हो ।


त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ४ अर्ब २२ करोड ४० लाख बराबरको कारोबार भएको छ । आज २२० कम्पनीको १ करोड १ लाख ३५ हजार २ सय ९ शेयर ४६ हजार ३ सय १० पटक कारोबार भएको छ ।  

 आज कारोबार भएका चार समूह बाहेक अन्य सबै समूह घटेका छन् । नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ ।     

त्यस्तै, आज हाइड्रो इलेक्ट्रोसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र अप्पर तामाकोशीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिस्ट्रिलरी कम्पनीको भएको छ । यस कम्पनीको आज करिब ३६ करोडको कारोबार भएको छ ।     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।