सौराहा खाद्य महोत्सव फागुन १ देखि सुरु हुँदै
काठमाडौँ माघ २४ । सौराहामा फागुन १ देखि ३ गतेसम्म खाद्य महोत्सव सुरु हुने भएको छ ।विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कारण अघिल्ला बर्षहरुमा जस्तो महोत्सव खुल्ला चौरमा नहुने भएको छ।
संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले सौराहाको गैंडाचोकदेखि हात्ती चोकसम्म सडकमा महोत्सव गर्न लागिएको बताए ।त्यसतै थारु, मगर, चेपाङ, कुमाल, तामाङलगायत जातजातिका झाँकीसँगै पञ्चेबाजा, खैचडी प्रस्तुतीकरणका लागि गृहकार्य भइरहेको जानकारी दिए कोरोना कहरका कारण सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै भीडभाड कम गरेर सौराहा खुलेको छ भन्ने सन्देश प्रवाह गर्ने गरि महोत्सव गरिने उनको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु र विभिन्न जातिका संस्कृति हेर्नका लागि प्रख्यात चितवनमा आयोजना हुने महोत्सवमा नयाँ र स्वादिला खानाको मज्जा लिन पनि सकिने बताएका छन् ।