image
image

सवारी साधनको शुल्क र दस्तुरमा लकडाउन अवधि भरिको जरिवाना नलिने प्रदेश सरकारको निर्णय

काठमाडौँ २२ असार ।  प्रदेश नम्बर २ सरकारले सवारी साधनमा लाग्ने शुल्क र दस्तुरमा लकडाउन अवधि भरिको जरिवाना नलिने निर्णय गरेको छ। कोभिड अवधिसम्मका लागि यातायात कार्यालयद्वारा लाग्ने जरिवाना छुट गर्ने भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्णय गरेको हो।

विगत लामो समयदेखिको निषेधाज्ञाका कारण सवारी धनीहरुले आफ्नो सवारी साधनको शुल्क र दस्तुर बुझाउन नसक्ने अवस्थालाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले बताए।

निषेधाज्ञाका कारण सार्वजनिक सवारी साधनहरु सञ्चालनमा नआएको र यातायात कार्यालय समेत बन्द रहेकाले सरकारले जरिवाना छुट दिने निर्णय गरेको उनले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।