सडक अवरुद्ध हुँदा काठमाडौंको तरकारी आपूर्तिमा असर, अधिकांश तरकारीको मूल्यमा वृद्धि
काठमाडौं, २३, असार । लगातारको वर्षाका कारण विभिन्न ठाउँमा पहिरो गएर सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा तरकारीको आपूर्तिमा कमी देखिएको छ । खासगरी, बुटवलदेखि नारायणगढ र नारायणगढ देखि मुग्लिन सडक खण्ड लगायत देशका अन्य विभिन्न ठाउँका सडक अवरुद्ध हुँदा आपूर्तिमा असर देखिएको हो ।
सडकको पहिरो नपन्छ्याउँदासम्म घण्टौं तरकारी तथा फलफुल बोकेका सवारी जाममा फसे । केही व्यापारीका अनुसार, ती तरकारी तथा फलफुलहरुबीच बाटोमै बिग्रने र सड्ने अवस्था आएको थियो । यसले पनि तरकारीको आपूर्ति व्यवस्थापनमा कमी आएको छ ।
कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार, विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा पछिल्ला दिनमा केही तरकारीहरुमा मूल्य वृद्धि भएको छ ।‘पछिल्ला १/२ दिन बाढी÷पहिरोकै कारण हुनसक्छ, तरकारी केही कमी आएको देखिन्छ, यसले केही तरकारीको मूल्य बढेको देखिन्छ’ समितिका कार्यकारी निर्देशक बिनोदकुमार भट्टराइले भने, ‘कालीमाटीसम्म आउनै लामो समय लाग्दा बीचमै तरकारी कुहियो भन्ने जानकारी पनि आएको छ ।’ उनले बुटवलदेखि आउने तरकारी नारायण आउनै २र३ दिन लागेको सूचना आएको बताए ।
कालीमाटी तरकारी बजार पनि पछिल्ला दिन कम तरकारी आपूर्ति भइरहेको उनले बताए । कालीमाटी तरकारी बजारमा छिमेकी देश भारत देखि देशका विभिन्न स्थानबाट तरकारी आपूर्ति हुने गरेको छ ।
कुन–कुन तरकारीको बढ्यो मूल्य
कालीमाटी तरकारी बजारमा पछिल्लो एक हप्तामा केही तरकारीहरुको मूल्य बढेको छ । गत असार १७ गते कालीमाटीमा औसत मूल्यभन्दा असार २३ गते विभिन्न तरकारीको मूल्य बढेको हो । खासगरी, असार १७ गते ४५ रुपैयाँ औसत प्रतिकेजीमा बिक्रि भएको घिरौंलाको मूल्य दोब्बर बढेको छ । असार २३ गतेसम्म घिरौंला प्रतिकेजी मूल्य ९० पुगेको छ ।
त्यस्तै, टमाटर सानो(टनेल)को मूल्य अघिल्लो साता प्रतिकेजी ३४ रुपैयाँ थियो । आज प्रतिकेजी बढेर ४२ रुपैयाँ पुगेको छ । सानो स्थानीय टमाटर २२.५० रुपैयाँ पाइएकोमा अहिले २७ रुपैयाँ ५० पैसा प्रतिकेजी पुगेको छ ।
अघिल्लो साता ठूलो गोलभेडा९भारतीय०को मूल्य ५५ रुपैयाँ प्रतिकेजी थियो । हाल मूल्य बढेर ६५ रुपैयाँ पुगको छ । त्यस्तै, न्युरो ७५ रुपैयाँमा अघिल्लो साता बिक्रि भएकोमा मूल्य बढेर ९५ रुपैयाँ पुगेको छ । ५५ रुपैयाँमा बिक्रि भइरहेको तिते करेलाको मूल्य बढेर ७५ रुपैयाँ पुगेको छ ।
त्यस्तै, हरियो प्याजको मूल्य पनि बढेको छ । अघिल्लो हप्ता कालीमाटी बजारमा ५५ रुपैयाँ प्रतिकेजीमा बिक्रि भएको हरियो प्याज असार २३ सम्म आइपुग्दा ७५ रुपैयाँ पुगेको छ । बोडी९तुने०को मूल्य अघिल्लो साता ५५ रुपैयाँ थियो । अहिले त्यसको मूल्य ८५ रुपैयाँ प्रतिकेजी पुगको छ ।
यता, ११५ रुपैयाँ प्रतिकेजी पाइने ब्रोकाउलीको मूल्य एक सातापछि बढेर १३० रुपैयाँ प्रतिकेजी पुगेको छ । ६५ रुपैयाँ प्रतिकेजी बिक्रि भएको भिण्डीको भाउ अहिले बढेर ९० रपैयाँ पुगेको छ । अघिल्लो साता ५५ रुपैयाँ मूल्य रहेको लौकाको मूल्य बढेर ६५ रुपैयाँ पुगको छ ।
यीबाहेक कालीमाटी तरकारी बजारमा अन्य धेरैजसो तरकारीको मूल्य उकालो लागिरहेको देखिन्छ ।