सहारा विकास बैंकको लाभांश प्रस्ताव
काठमाडौँ, २३, असार । सहारा विकास बैंक (SHBL) ले लाभांश प्रस्ताव गरेको छ। बैंकले आर्थिक वर्ष २०७४/७५, २०७५र७६ र २०७६/७७ को संचित मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो।बैंकले गत तीन वर्षको संचित मुनाफाबाट शेयरधनीलाई हाल कामय चुक्ता पूँजी २७ करोड २२ लाख रुपैयाँको ५.०५ प्रतिशत अर्थात १ करोड ३७ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२७ प्रतिशतले हुन आउने ७ लाख २३ हजार नगद लाभांश प्रस्ताव गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी ८ औं, ९ औं र १० औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी ८ औं, ९ औं र १० औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।