करोडौँ घाटामा हेटौंडा सिमेन्ट उद्योग
काठमाडौँ २३ असार । प्रदेशको राजधानी हेटौंडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडलाई कोरोनाको असहज परिस्थितिका कारण आर्थिकरुपमा ठूलो नोक्सानी बेहोर्नुपरेको अवस्था छ। गत आव ०७६/७७ मा करिब २५ करोड रुपैयाँ बराबरको आर्थिक घाटा भएको उद्योगमा चालु आव ०७७/७८ मासमेत करिब २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार नोक्सानी हुने प्रारम्भिक अनुमान गरिएको उद्योगले जनाएको छ।
कोरोनाको असहज परिस्थितिका कारण उद्योगमा हुने उत्पादन लागतमा वृद्धि, उद्योग सञ्चालन खर्च अन्य समयको तुलनामा बढी मूल्य पर्ने साथै योजनाअनुसार सिमेन्ट उत्पादन र बिक्री नभएकाले उद्योगलाई कोरोनाको अहसज स्थितिका कारण आर्थिकरुपमा नोक्सानी पुगेको उद्योगका कामु प्रबन्धक (अर्थ) रामबाबु शाहले जानकारी दिए।
दुई आवदेखि निरन्तर कोरोनाको असहज स्थितिका कारण योजनाअनुसार सिमेन्ट उत्पादन तथा बिक्री हुन नसक्दा घाटा बेहोर्नुपरेको हो। अझ सिमेन्ट बिक्रीको मुख्य याम चैतदेखि असारसम्ममा सिमेन्ट उत्पादन तथा बिक्रीमा कमी आउँदा उद्योगले ठूलो आर्थिक नोक्सानी भोग्नुपरेको छ।
सरकारको स्वामित्वमा रहेको यो उद्योग केही सीमित आवबाहेक अन्य धैरैजसो आवमा विविध कारणले आर्थिकरुपमा ठूलो नोक्सानीसहित सञ्चालन हुँदै आएको छ। पुराना मेसिनरी प्रविधि र पटकपटक बिग्रने समस्या तथा लागत खर्च बढी आउने कारणले अन्य निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा नोक्सानी हुँदै आएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताए।