image
image

कृषि विकास बैंक र निजामती अस्पतालबीच बैंकिङ सेवा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता

काठमाण्डौँ, २३, असार। कृषि विकास बैंक लिमिटेड र निजामती अस्पताल परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटीएमलगायतका सेवा सञ्चालन गर्ने तथा अस्पतालको बिलिङ काउन्टर बैंकबाट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्राडा विधाननिधि पौडेल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायज्यूले हस्ताक्षर गरेका छन्। आगामी १० वर्षसम्मका लागि यी सेवा सञ्चालन गर्ने सम्झौता भएको छ। 

सम्झौताबमोजिम अस्पताल परिसरबाट अस्पतालमा आउने सेवाग्राही, अस्पतालका डाक्टर, कर्मचारी एवं सर्वसाधारण समेतलाई विविध बैंकिङ सेवाहरु सहज रुपमा उपलब्ध हुनेछन्।आगामी साउन महिनादेखि उल्लेखित सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालको बिलिङ काउन्टर बैंकले सञ्चालन गर्ने भएबाट अस्पतालको सो सेवासमेत अझै प्रभाकारी हुने विश्वास लिइएको छ। 

सम्झौता समारोहमा बैंकका उपमहाप्रबन्धकद्वय यज्ञप्रकाश न्यौपाने, दिर्घबहादुर अर्याल, विभागीय प्रमुख गिरिधारी पौडेल, बागमती प्रदेश प्रमुुख सुन्दर खतिवडा, बैंकका कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल, कृषि विकास बैंक नयाँ बानेश्वर शाखाको प्रबन्धक रमेश रावल, गठ्ठाघरका प्रबन्धक खेटराज दाहाललगायत अन्य कर्मचारीको समेत उपस्थिति थियो। अस्पतालका तर्फबाट लेखा शाखाका प्रमुख चूडामणि गौतम, कर्मचारी युनियनका प्रतिनिधि सन्तोष धिमाल, सचिव विनोद पोखरेललगायत अन्य कर्मचारीेको उपस्थिति थियो। 

कार्यक्रमको सञ्चालन निजामती अस्पतालका उपसचिव भोला चापागाईले गरेका थिए। देशको ७७ जिल्लामा एक्सटेन्सन काउन्टरसमेत गरी २८० वटा शाखा सञ्जाल रहेको सरकारी स्वामित्व भएको बैंकले आफ्नो सेवा विस्तारका क्रममा निकट भविष्यमा पूर्ण बैंकिङ सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।