image
image

नेप्सेमा लगातार गिरावट, कारोबार रकम पनि साढे ४ अर्बमा सिमित   

काठमाडौँ २३ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से ५.२४ अंकले घटेर दुई हजार आठ सय १८ दशमलब १० विन्दुमा थामिएको थियो भने ४ अर्ब २२ करोड ४० लाख बराबरको कारोबार भएको थियो । 

आज नेप्से १६.९७ अंकले घटेर दुई हजार आठ सय १ दशमलब १३ विन्दुमा थामिएको हो ।त्यस्तै  आज २२२ कम्पनीको १ करोड १६ लाख ६४ हजार २ सय ७ शेयर ४६ हजार १सय ८३ पात्रक कारोबार भएको छ । साथै आज कारोबार रकम पनि ४ अर्ब ५८ करोड ५८ लाख  ६१ हजार ९ सय ७६ रुपैयाँमा सिमित भएको छ ।

आज कारोबार भएका दुई समूह बाहेक अन्य सबै समूह घटेका छन् । नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा सिभिल लघुवित्त वित्तिय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य करिब चार प्रतिशतले बढेको छ ।  
    
त्यस्तै, आज अप्पर तामाकोशी र युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।  यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी छिमेकी लघुवित्त विकास बैंकको भएको छ । यस कम्पनीको आज ४३ करोड भन्दा बढीको कारोबार भएको छ ।    
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।