image
image

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला 

काठमाडौं, २४, असार । युनियन लाइफ इन्स्योरेन्सले आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ६४ करोड २० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता सेयर सार्वजनिक निष्कासन गरेको हो । जसमध्ये ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीका लागि र ३ लाख २२ हजार  ५ सय कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेर बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणालाई बिक्री खुला गरेको हो । 

कम्पनीको आईपीओमा छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।कम्पनीले आईपीओ निष्कासनका लागि निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त आईपीओ सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।