नेप्सेमा फर्कियो हरियाली, कारोबारको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौँ २४ असार । कारोबारको अन्तिम दिन विहिबार नेप्से दोहोरो अंकले बढेको छ । साता पहिलाे दिन देखिनै सेयर बजार निरन्तर घटिरहेकाे शेयर बजार आज २३ दशमबल ९७ अंकले बढेर २ हजार ८ सय २५ दशमबल ११ विन्दुमा पुगेको छ । नेप्से ०.८५ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.४१ अंकले बढेर ५२९.६६ मा पुगेको छ ।
आज कूल २२३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २ सय ४० शेयर ५१ हजार ८ सय ६८ पटक कारोबार भएको छ । त्यस्तै आज कारोबार रकम पनि ४ अर्ब ८१ करोड ३३ लाख २० हजार २ सय ९४ रुपैयाँ पुगेको छ ।
विहीबार २ समूह बाहेक सबै उपसूकांक बढेका कारण नेप्सेले धेरै दिन पछि दोहोरो अंकको वृद्धि भएको हो । ट्रेडिङ समूह र अन्य समूहबाहेक सबै उपसूचकांकमा हरियाली देखिएको छ ।
त्यसैगरी, बिहीबार नेपाल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । यता गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाउँदा कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।