image
image

युनियन लाइफको आईपीओमा  पहिलो दिन  ८२ करोड ४७ लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन

काठमाडौँ २४ असार । युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिन नै ४ लाख ६१ हजार ३५६ जनाले आवेदन दिएका छन् । आइतबार ८२ करोड ४७ लाख ८८ हजार रुपैयाँ बराबरको ८२ लाख ४७ हजार ८८० कित्ताको लागि आवेदन परेको छ ।  
कम्पनीले आज (बिहीबार) देखि प्रतिकित्ता एक सय रुपैयाँको दरले ६४ करोड ५० लाख रुपैयाँको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।


६४ लाख ५० हजार कित्तामा ३ लाख २२ हजार ५०० कित्ता कर्मचारी र ३ लाख २२ हजार ५०० कित्ता नै सामूहिक लागनीकोषलाई छुट्टयाएको छ । सर्वसाधारणले ५८ लाख ५ हजार कित्तामा मात्रै आवेदन दिन पाउने छन् ।


न्यूनतम १० देखि अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन छिटोमा असार २८ गतेसम्म दिइसक्नुपर्ने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन ७ गतेसम्म आवेदन दिन सकिने छ ।


लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ दिएको छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।