image
image

ठूला व्यवसायमा बढ्दै महिलाको लगानी

भक्तपुर - भक्तपुरको पर्यटन तथा होटल व्यवसायमा महिलाहरूको लगानी बढ्न थालेको छ । 

महिलाहरूले संयुक्त लगानीमा ठूला व्यवसाय शुरू गर्न थालेका छन् । यसको नमूनाको रूपमा शनिवारदेखि मध्यपुरथिमि नगरपालिका–४ राधेराधेमा २ करोडको संयुक्त लगानीमा ‘मिल मि’ रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ । ‘मिल मि’को शनिवार पूर्वमन्त्री एवं नेकपाका नेता महेश बस्नेतले उद्घाटन गरे ।

स्वदेशी तथा विदेशी पर्यटकदेखि परिवारसम्मलाई लक्षित गरी भक्तपुर जिल्लामै पहिलो पटक एउटै छानामुनि स्वदेशी तथा विदेशी खानाका परिकार खुवाउने उद्देश्यले ‘मिल मि’ सञ्चालनमा ल्याएकोे प्रबन्ध निर्देशक विपना सापकोटा पौडेलले बताइन् ।

देशव्यापी रूपमा शाखा विस्तार गर्ने उद्देश्यले व्यावसायिक बजारको रूपमा विस्तार भएको मध्यपुरथिमि नगरपालिका–४ राधे राधे क्षेत्रको भाटभटेनी अगाडि सापकोटासहित दूर्गा राई, रमिता कासिछ्वा र भावना खरेलको संयुक्त लगानीमा ‘मिल मि’ सञ्चालनमा ल्याइएको हो ।

प्रबन्ध निर्देशक सापकोटाले ‘मिल मि’ले स्वदेशी तथा विदेशी नागरिकलाई बिहान ७ देखि राति १० बजेसम्म  सेवा दिने बताइन् । उनले भनिन्, ‘पारिवारिक शान्त वातावरणमा सफा, स्वस्थ्यकर, नेपाली, थकाली खाना, नेवारी तथा एशियाका बिभिन्न देशका खाना तथा खाजाका साथै अन्य परिकार पस्कने गरी ‘मिल मि’ सञ्चालनमा ल्याएका छौं, यहाँ बालबालिका, ज्येष्ठ नागरिक र बिरामीका लागि समेत खाजा खानाको व्यबस्था गरेका छौं, केही समयमै होम डेलिभरीको समेत व्यवस्था गर्दैछौं ।’

बेकरी उत्पादन आफ्नै रहेको ‘मिल मि’मा एक पटकमा ३० जना अटाउने क्षमताको सेमिनार हल र १२० जना ग्राहक अटाउने बताइएको छ । ‘मिल मि’मा २५ जनालाई रोजगारी समेत दिइएको छ । यहाँबाट भएको आम्दानीको २ प्रतिशत रकम भक्तपुर जिल्लाको सामाजिक सेवाका क्षेत्रमा खर्च गरिने घोषणा गरिएको छ । १ महिनासम्म २० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको प्रबन्ध निर्देशक सापकोटाले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।