बाढीपहिरोबाट भएको क्षतिबापत दुई अर्बको बिमा दाबी
काठमाडौँ, २५, असार । अविरल वर्षाका कारण मुलुकभर गएको बाढीपहिरोले पुर्याएको क्षतिबापत करिब २ अर्ब रुपैयाँ बराबरको बिमा दाबी परेको छ । यो अविरल वर्षा सुरु भएदेखि यही असारसम्मको तथ्यांक हो । यो अवधिमा २० वटै निर्जीवन बिमा कम्पनीमा परेको दाबी हो ।
बिमा समितिका अनुसार सो अवधिमा कुल १ अर्ब ९२ करोड ३ लाख ४८ हजार रुपैयाँ बराबरको बिमा दाबी भएको छ । सो अवधिमा सम्पत्ति बिमा, मोटर बिमा, कृषि तथा पशुपन्छी, इन्जिनियरिङ र विविध बिमाअन्तर्गत बिमितबाट ३ सय ३१ वटा दाबी परेका छन् ।
सबै निर्जीबन बिमा कम्पनीमा परेका कुल दाबीमध्ये १ सय ४१ वटा सम्पत्ति बिमाका छन् । ती दाबी उपर ६९ करोड ३६ लाख ४६ हजार रुपैयाँ बिमा दाबी भएको छ । मोटर बिमाका ३३ वटा दाबीमा ४ करोड ७५ लाख ८९ हजार, सामुद्रिक बिमाका ५ वटा दाबीमा १९ लाख ८१ हजार, कृषि बिमाका ६ वटा दाबीमा १ करोड ६२ लाख ५१ हजार, पशुपन्छी बिमाका ५ वटा दाबीमा २ करोड ३८ लाख ५९ हजार रुपैयाँ र विविधतर्फका २ वटा दाबीमा १ करोड ५५ लाख ५१ हजार रुपैयाँ माग भएको समितिले जनाएको छ ।
सोही अवधिमा इन्जिनियरिङ बिमाअन्तर्गत १ सय ७ वटा दाबी परेका छन् । यसमध्ये निर्माणाधीन आयोजना बिमाको मागदाबी ९० करोड ७ लाख ३४ हजार, निर्माण सम्पन्न आयोजनाको ११ करोड ७० लाख, हेभी इक्विपमेन्ट बिमाको ८ करोड ८४ लाख ३६ हजार र अन्य शीर्षकमा १ करोड ५३ लाख ३ हजार रुपैयाँ बराबरको बिमा दाबी परेको समितिको तथ्यांक छ ।
मुलकभर आएको बाढीपहिरोबाट जनधनको ठूलो क्षति भएको छ । तर ती सबै सम्पत्तिको बिमा गरिएको हुँदैन । उल्लिखित तथ्यांक बिमा गरेकामध्ये परेका दाबीको हो ।