image
image

 ब्रोकर र मर्चेन्ट बैंकर्ससँग छलफल गर्दै धितोपत्र बोर्ड  

काठमाडौँ, २५, असार । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमको लागि आज शेयरबजारका सरोकारवालाहरुसँग छलफल गर्ने भएको छ । धितोपत्र बोर्डले आज दिउँसो जुम मार्फत शेयर बजारका विभिन्न सरोकारवालाहरुको राय सुझाव लिन लागेको हो ।

बोर्डले लगानीकर्ता संघहरु, ब्रोकरहरु, मर्चेन्ट बैंकर्सहरु, केयर रेटिङ एजेन्सी, बजार बिज्ञहरु लगायतका सरोकारवालाहरुसंग छलफल गर्न लागेको हो । बोर्डले यस अघि कार्यक्रम नै गरेर यी सरोकारवालाहरुसंग राय सुझाव लिने गरेकोमा यस पटक भर्चुअल माध्यमबाट सुझाव संकलन गर्न लागेको हो । 

बोर्डले यस अघि नै धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धि नीति तथा कार्यक्रमको लागि सल्लाह सुझाव आह्वान गरिसकेको छ । बोर्डले सम्पूर्ण सरोकारवालालाई बजारको विकास, विस्तार,तथा सुधारको लागि सल्लाह तथा सुझाव दिन अनुरोध गरेको थियो।

बोर्डले असार मसान्त भित्र नै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।