image
image

सीवाईसी लघुवित्तले करिब चार करोडको आईपीओ जारी गर्ने

काठमाडौँ, २५, असार । सिवाईसी नेपाल लघुवित्तले आईपिओ निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरेको छ। कम्पनीले सेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको हो । बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतामा  लघुवित्तको तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्मा र क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पारग विष्टले हस्ताक्षर गरेका छन् । 

कम्पनिले सर्वसाधारण (वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेत)ले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य एक सय रुपैयाँ अंकित दरको ३ लाख ९५ हजार ३३५ दशमलव ९७०४ कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्काशनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्मा र क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरेका छन् ।

बाग्लुङको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेकोे नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रियस्तरको यस लघुवित्त वित्तीय संस्थाले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैकको स्वीकृति लिई एक्विजिशन ९प्राप्ति० गरेको छ ।

एक्विजिशन (प्राप्ति) पश्चात् वित्तीय संस्थाको अधिकृत पूँजी २० करोड रुपैयाँ र जारी पूँजी १२ करोड १६ लाख ४१ हजार ८३७ रुपैयाँ रहेको छ । संस्थापक समुहको ६७.५० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा १ वटा संस्था सहित ९९ जना संस्थापक शेयरधनीहरुबाट ८ करोड २१ लाख ८ हजार २ सय ४० रुपैयाँ बराबरको शेयर पूँजी चुक्ता भैसकेको छ ।

वित्तीय संस्थाले हाल ३७ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ४७ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आईरहेको छ ।

विगत २१ वर्ष देखि नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लिई लघुवित्तीय कारोबार गर्दै आईरहेको चारतारे युवा क्लब, नेपालले नेपाल राष्ट्र बैंकबाट सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाउँमा मिति २०७५ साल माघ २८ गते ईजाजतपत्र प्राप्त गरी मिति २०७५ चैत १ गतेका दिनदेखि सम्पूर्ण वित्तीय कारोबारहरु यथावत रुपमा सञ्चालन गर्दै आएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।