image
image

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड मिति तय  

काठमाडौँ, २६, असार । मनकामना स्मार्ट लघुवित्तको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार कम्पनीको आईपीओको प्रिअलटमेन्ट सकिएको छ । 

कम्पनीको आइपीओमा ७३ गुणा बढीको आवेदन परेको छ । २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता आईपीओका लागि आवेदन परेको एनएमबि क्यापिटलले जनाएको छ । 

कम्पनीले सर्वसाधारणको लागि ३ लाख ६३ हजार ४९२ कित्ता सेयर निष्काशनमा ल्याएको थियो । कम्पनीको आईपीओ ३६ हजार ३४९ जनाले मात्रै पाउने छन् । बाँकी १९ लाख ९९ हजार ८९६ जनाको हात खाली हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।