image
image

किवी र खुर्सानी खेतीलाई लक्षित गरि १४ लाख अनुदान

काठमाडौँ, २६, असार । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले किवी र खुर्सानी पकेट क्षेत्र लक्षित किसानलाई १३ लाख ८४ हजार रुपैयाँ बराबरको कृषि सामग्री वितरण गरेको छ । पालिकाले ५० प्रतिशत अनुदानमा किवी पकेट क्षेत्रलाई लक्षित गरेर ७ लाख ४६ हजार र खुर्सानी पकेट क्षेत्रका लागि ६ लाख ३८ हजार रुपैयाँ बराबरको कृषि सामग्री दिएको हो ।

पालिकाको कृषि शाखाले किवी खेतीका लागि वडा नम्बर ६ को पहाडी किवी, तरकारी उत्पादक समूह र खुर्सानी खेतीका लागि वडा नम्बर २ को सल्लेरी कृषि समूहलाई सामग्री हस्तान्तरण गरेको छ । कृषि शाखाका अधिकृत मिलन कार्कीका अनुसार किवी खेतीका लागि ४ लाख ९५ हजार बराबरको १ हजार ६ सय ५० वटा ग्राफ्टिङ गरिएका बिरुवा पहाडी समूहलाई हस्तान्तरण गरिएको छ ।

त्यस्तै, ७० हजार बराबरको २ वटा किवी रोप्न खाडल खन्ने मेसिन, २६ हजार बराबरको २ वटा डिजिटल काँटा ९तराजु०, २१ हजार बराबरको २१ वटा सि–केचर दिइएको छ । १ लाख १० हजार बरावरको सिँचाइ पाइप र २४ हजार बराबरको २१ वटा स्प्रिङ कल पहाडी समूहलाई वितरण गरिएको छ ।

खुर्सानी खेतीका लागि १ लाख ६० हजार बरावरको २ केजी खर्सानीको बिउ, १ लाख बराबरको विषादी र भिटामिन सल्लेरी समहूलाई दिइएको छ । १२ हजार बराबरको एउटा डिजिटल काँटा, १ लाख ८० हजार बराबरको २ वटा मिनीटिलर, ३८ हजार बराबरको ३८ थान कोदालो वितरण गरिएको छ ।

त्यस्तै, २ लाख बराबरको सिँचाइ पाइप, ६६ हजार बराबरको ११ थान हिल ट्यांक, ६० हजार बराबरको ११ थान प्लास्टिक टनेल दिइएको छ । १२ हजार रुपैयाँ बराबरको स्प्रिङ कल ३० वटा र १० हजार बराबरको १० वटा पानी लगाउने हजारी दिइएको छ ।

सबै सामग्री पहाडी समूहका अध्यक्ष दीपक गुरुङ र सल्लेरी समूहका चक्रबहादुर थापालगायत किसानको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको कृषि शाखाले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।