image
image

गुराँस लाइफको सेयर संरचना परिवर्तन हुँदै

काठमाडौँ, २६, असार । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयर संरचना परिवर्तन हुने भएको छ । कम्पनीको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत हुने भएको हो ।  कम्पनीले एक सुचना जारी गर्दै बीमा समितिको स्वीकृति बमोजिम संस्थापक सेयरको अनुपात ७० प्रतिशत रहेकोमा ६० प्रतिशतमा कायम गर्ने भएकाले सोही अनुपातमा सम्पूर्ण संस्थापक शेयरधनीहरुको संस्थापक सेयर कायम गरी बाँकी रहेको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्न लागेको जानकारी दिएको छ ।

त्यसैगरी, कम्पनीले संस्थापक सेयरलाई साधारण सेयरमा परिवर्तन गर्न नचाहाने संस्थापक शेयरधनीहरूलाई सोही अनुसारको स्वस्घोषणा गरी यस सूचना प्रकाशन भएको ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित जानकारी गराउन पनि अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।