image
image

भारतमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ २६ असार । भारतमा इन्धनको मूल्य शनिबार पुनः बढेको छ । शनिबार संघीय राजधानी नयाँ दिल्लीमा पेट्रोल र डिजेलकोे खुद्रा बिक्री क्रमश : १०० रूपैँया ९१ पैसा र ८९रूपैँया ८८ पैसा (भारू) प्रति लिटर कायम भएको छ । दिल्लीमा पेट्रोल यसअघिभन्दा ३५ पैसा र डिजेल २६ पैसाले वृद्धि भएको छ ।

अन्य राज्यहरूले पनि पेट्रोल र डिजेलको मूल्य बढाएका छन् । देशभर दरहरू बढाइएको भएपनि मूल्य अभिवृद्धि करको कारण मूल्यमा फरक राज्यमा मूल्यमा पनि भिन्नता देखिएको छ । महाराष्ट्रको राजधानी मुम्बईमा पेट्रोलको मूल्य प्रति लिटर १०६ रूपैँया ९३ पैसा कायम भएको छ भने डिजेलको मूल्य प्रति लिटर ९७ रूपैँया ४६ पैसा पुगेको छ ।

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारले शुक्रबार भने, “पेट्रोल र डिजेलको उच्च मूल्यमा दबिएका आम नागरिकलाई राहत दिन केन्द्रले ‘ठूलो मन’ बनाउनुपर्ने र ईन्धनको करलाई घटाउनु पर्ने देखिएको छ ।”


मध्य प्रदेशको भोपालमा पनि पेट्रोलको मूल्य बढेको छ । त्यहाँ पेट्रोल प्रति लिटर १०९ रूपैँया २४ पैसा र डिजेलमा प्रति लिटर ९८ रूपैयाँ ६७ पैसा तोकिएको छ ।त्यस्तै कलकत्तामा पेट्रोल प्रति लिटर १०१ रूपैँया ०१ पैसा र डिजेलमा प्रति लिटर ९२ रूपैयाँ ९७ पैसा कायम भएको छ ।


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।