साताकाे सेयर बजार : सबै परिसूचकहरु नकारात्मक
काठमाडौँ २६ असार । यस साता सेयर बजारका सबै परिसूचकहरु नकारात्मक देखिएका छन् । गत साताकाे तुलनामा नेप्से परिसूचक, कारोबार रकम र बजार पूँजीकरण पनि घटेकाे हाे ।
यस साता नेप्से परिसूचक १७ दशमलव ९० अंकले घटेर २८२५ दशमलव १० विन्दुमा राेकिएकाे छ । गत साता नेप्से परिसूचक स्थीर रही २८४३ विन्दुमा रोकिएको थियाे । यस साताकाे ५ कारोबार दिनमा ४ दिन बजार घटेको थियाे भने एक दिन मात्र बजार बढेको थियाे ।
यस साता सेन्सेटिभ परिसूचक भने यस साता सेन्सेटिभ परिसूचक भने ०.९५ अंकले बढेर ५२९ दशमलव ६६ विन्दुमा पुगी राेकिएकाे छ । गत साता सेन्सेटिभ परिसूचक ३.०७ अंकले बढेर ५२८ दशमलव ७१ विन्दुमा पुगी राेकिएकाे थियो ।
कारोबार रकमको कुरा गर्नुपर्दा दैनिक कारोबार रकममा पनि यस साता झनै गिरावट देखिएको छ । गत साताभरमा ३४ अर्ब १६ करोड ६५ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाेमा यस साताभरमा जम्मा २३ अर्ब २६ कराेड ११ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । यस साता औसतमा दैनिक ४ अर्ब ६५ कराेडकाे सेयर काराेबार भएकाे हाे ।
बजार पुँजीकरणकाे कुरा गर्नुपर्दा यस साता लगानीकर्ताकाे सम्पत्ति १९ अर्ब ७५ करोड ६० लाख रूपैयाँले घटेकाे छ । गत साता ३९ खर्ब ४९ अर्ब रूपैयाँ रहेकाे बजार पुँजीकरण याे साता घटेर ३९ खर्ब २९ अर्ब ८६ करोड रूपैयाँ कायम भएकाे छ ।