image
image

युनाइटेड फाइनान्सलाई प्राप्ति गरेको नबिल बैंकले सुरू गर्‍यो एकीकृत कारोबार

काठमाडौँ, २७, असार । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेसन गर्ने प्रक्रिया पूरा गरेको छ। यससँगै आज देखि एकीकृत कारोबार सुरू भएको बैंकले जानकारी दिएको छ।आज आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र वसन्तकुमार चौधरीले एकीकृत कारोबार शुभारम्भ गरेका हुन्।

बैंकका अध्यक्ष पौड्यालले सरकार तथा नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थालाई अंगीकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए। ‘यो प्राप्तिले नबिल बैंकको आगामी व्यावसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमासमेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौं,’ अध्यक्ष पौड्यालले भने।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपश्चात् नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड रूपैयाँ पुग्नेछ। कूल पुँजीकोष ३२ अर्ब ६८ करोड रूपैयाँ हुने बैंकले जनाएको छ।

साथै, नबिल बैंकको शाखा सञ्जाल बढेर १३५ र एटीएम १८३ पुग्नेछ। निक्षेपको आकार २१६ अर्ब रूपैयाँ र कर्जाको आकार २०१ अर्ब रूपैयाँ हुने बैंकले जनाएको छ। यससँगै बैंकको कर्जा एवं निक्षेप दुवैको आकार दुई खर्ब रूपैयाँभन्दा माथि हुनेछ। यो प्राप्तिसँगै बजारमा आफ्नो नवीन सेवा र थप शाखा सञ्जालमार्फत् नयाँ रणनीतिअनुसार बजारमा उपस्थित हुने बैंकको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।