अरुण भ्यालीको लिलामी सेयर बाँडफाँट
काठमाडौँ, २७, असार । अरुण भ्याली हाइड्रोपावरले लिलामीमा बिक्री गरेको सेयर बिहीबार (असार २४ गते) बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको ४ लाख ३५ हजार ८९४ कित्ता सेयर असार ९ गतेदेखि १६ गतेसम्म लिलामी गरेको थियो । उक्त लिलामीको बोलपत्र असार २१ गते खोलिएको थियो ।
यसमा न्यूनतम ३८७ रुपैयाँ ७१ पैसासम्म कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । आवेदकले लिलामी बाँडफाँटमा नपरेको सेयर वापतको पैसा सोमबार देखि फिर्ता पाउने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । आवेदकले आवेदन फारममा उल्लेख गरेको बैंक खातामै रकम फिर्ता पाउनेछन् ।