image
image

सरकारद्वारा सवा ८ खर्ब राजस्व संकलन

काठमाडौँ २७ असार ।  सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को अन्तिम १२ औं महिनाको २७ गतेसम्ममा सवा ८ खर्ब रुपैयाँ बराबरको राजस्व उठाउन सफल भएको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार यस्तो राजस्व आर्थिक वर्षको असार २७ गतेसम्ममा कुल ८ खर्ब १८ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ उठान सरकार सफल भएको हो । 


यो कुल राजस्व लक्ष्यको झण्डै ९० प्रतिशत (८९.६६) ले हुन आउने रकम हो । सरकारले चालु आर्थिक वर्षका लागि कुल ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य राखेको थियो । यद्यपि, आर्थिक वर्ष सकिनै लाग्दा सरकारले कुल लक्ष्यको करिब १० प्रतिशत मात्र राजस्व उठान नसकेको हो । 


महालेखा नियन्त्रण कार्यालयका अनुसार सो अवधीमा सरकारले गैर राजस्व शीर्षकमा अधिकतम ६३ अर्ब २७ करोड २१ लाख रुपैयाँ अर्थात् लक्ष्यको ६४.०३ प्रतिशत उठाएको छ । आर्थिक वर्षका लागि सरकारले गैर राजश्व शीर्षकमा ९८ अर्ब ८० करोड ९४ लाख रुपैयाँको लक्ष्य राखेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।