नेप्सेमा हरियाली, फाइनान्स कम्पनीको शेयरमूल्यमा बृद्धि
काठमाडौँ २७ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कोरोबारको पहिलो दिन आज आइतबार उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ७४.७१ अंकले बढेर दुई हजार आठ सय ९९ दशमलब ८२ विन्दुमा पुगेको हो ।
आज २२५ कम्पनीको ३ करोड १५ लाख ८८ हजार ८ सय ५० शेयर ८२ हजार ४९ पटक कारोबार भएको छ । त्यस्तै आज कारोबार रकम पनि बढेर ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४ सय ९६ रुपैयाँ पुगेको छ ।आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ ।
नेप्सेका अनुसार आज अधिकांश फाइनान्स कम्पनीको शेयरमूल्यमा बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा गोर्खाज फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, मल्टीपर्पोज फाइनान्स कम्पनी, समृद्धी फाइनान्स कम्पनी, प्रोग्रेसिभ फाइनान्स कम्पनी, बेष्ट फाइनान्स कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी, पोखरा फाइनान्स कम्पनी, नेपाल फाइनान्स कम्पनी, गुडविल फाइनान्स, आइसीएफसी फाइनान्स कम्पनी र जानकी फाइनान्स कम्पनी रहेका छन् ।
त्यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एसिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज करिब ४० करोडको कारोबार भएको छ ।