image
image

नेप्सेमा आइतबार दुई कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौँ २७ असार । नेप्सेमा आइतबार दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ  ।  आइतवार नेपाल लाईफ र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको  हो ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३१ प्रतिशत बोनस शेयर वापतको १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता र डिप्रोक्स लघुवित्तले १५ प्रतिशत बोनस शेयर वापतको १५ लाख ८ हजार १५० दशमलव ३६१८ कित्ता शेयर सूचीकृत गराएको हो । 

सोमवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । नेपाल लाईफले यस वर्ष ३१ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि २० प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गत माघ २८ गतेको वार्षिक साधारण सभामार्फत पारित गरेको थियो । 


त्यस्तै डिप्रोक्स लघुवित्तले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव चैत २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । दुबै कम्पनीले बोनस शेयर कर प्रयोजनका लागि समेत नगद लाभांश दिने प्रस्ताव पातिर गरेकाले शेयरधनीहरुले बोनस शेयर वापतको कर बुझाउनु पर्नेछैन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।