image
image

बाढीपहिरो पीडितलाई अस्थायी घर बनाउन बजेट निकासा, कुन जिल्लामा कति ?

काठमाडौँ २७ असार । सरकारले यस वर्ष मनसुनका कारण क्षति व्यहोरेका पीडित परिवारलाई अस्थायी घर बनाउन पौने ३ करोड बजेट निकासा गरेको छ ।

मनसुन शुरू भएयता सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङ्पाललगायत अन्य ७ जिल्लामा ५ सय ७३ घरमा क्षति भएको छ ।

निजी आवास क्षति भएका परिवारलाई तत्काल अस्थायी घर बनाउन प्रतिघर ५० हजारका दरले २ करोड ८६ लाख ५० हजार रुपैयाँ निकासा गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

कुन जिल्लामा कति ?

यसवर्षको मनसुन शुरू भएसँगै देशभर ५ सय ७३ घर क्षति भएका छन् । जसमा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै क्षति पुगेको छ ।सरकारले सिन्धुपाल्चोकमा २ सय ८६ परिवारलाई तत्काल अस्थायी बसोबासका लागि १ करोड ४३ लाख रुपैयाँ पठाएको छ ।

लमजुङका ३ परिवारलाई १ लाख ५० हजार, अर्घाखाँचीका ७० परिवारलाई ३५ लाख, हुम्लाका २३ परिवारलाई ११ लाख ५० हजार पठाएको छ ।त्यसैगरी बाजुराका १ सय ५१ परिवारलाई ७५ लाख ५० हजार, दैलेखका ४ परिवारलाई २ लाख, दाङका ८ परिवारलाई ४ लाख र प्युठानका २८ परिवारलाई १४ लाख रकम पठाएको प्राधिकरणले जनाएको छ ।  




 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।