image
image

मनकामना स्मार्ट लघुवित्तको आइपीयो बाडफाँड

काठमाडौँ, २८, असार ।  मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर बाँडफाँड भएको छ । आइपीओ बाँडफाँडमा गोलाप्रभाबाट ३६ हजार ३४९ जनाले १०र१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । जसमध्ये दुई भाग्यशालीले ११११ कित्ता प्राप्त गरेका छन् ।

संस्थाका ७९ जना कर्मचारीले उनीहरुका लागि छुट्टाइएको ६ हजार ५८ कित्ता प्राप्त गरेका छन् । त्यस्तै ११ वटा म्युचुअल फण्डहरुले १९ हजार ४ सय ५० कित्ता शेयर प्राप्त गरेका छन् ।

संस्थाले असार १७ गतेबाट एक सय रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये कुल पुँजीको ० दशमलव ५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४ सय ९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।