image
image

बंगलादेशबाट खरिद सबै मल आइपुग्यो 

काठमाडौँ, २८, असार । सरकारले बंगलादेशबाट खरिद गरेको सबै मल आइपुगेको छ। बंगलादेशबाट युरिया मल ल्याउन नेपाल कृषि सामग्री कम्पनी र बंगलादेशको ‘बंगलादेश केमिकल इन्ड्रष्ट्रिज’बीच सम्झौता भएको थियो।

दुई देशबीच ५० हजार मेट्रिक टन मल ल्याउने सम्झौता भएको थियो। सम्झौता अनुसार ५२ हजार मेट्रिक टन मल आइपुगेको कृषि सामाग्री कम्पनीका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए। ‘पहिले नै केही थपघट हुने भन्ने थियो,’ उनले भने, ‘थपेरै आयो।’ 

उनका अनुसार उक्त मल ४ हजार ७ सय सहकारी मार्फत किसानलाई बिक्री वितरण गरिएको छ। आगामी दिनमा किसानलाई मल अभाव नहुने गरी गृहकार्य गरिरहेको मन्त्रालयको दावी छ।

मन्त्रालयका अनुसार यहाँ प्राविधिक हिसाबले वार्षिक १३ लाख मेट्रिक टन मल आवश्यक छ। तर प्राविधिकको सल्लाहबिनै किसानले आफ्नै तरिकाले मल प्रयोग गर्ने भएकाले वास्तविक मागको तथ्याङ्क थाहा हुन सकेको छैन।

माग थाहा पाउन सबै पालिकामा खपत तथ्यांक अनलाइन प्रणालीमा राख्ने योजना बनाइएको मन्त्रालयले बताएको छ। मल खपत तथ्यांक अनलाइन बनाउँदा किसानले बर्सेनि वा कुन सिजनमा कति मल प्रयोग गर्छन् भन्ने थाहा हुनेछ। 

सरकारले जिटुजीमार्फत मल ल्याउन भारतसँग पनि छलफल गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।