४५ अंकले घट्यो सेयर बजार, कारोबार भने बढ्यो
काठमाडौँ, २८, असार । सोमबार सेयर बजारको परिसूचक नेप्से ४५ अंकले घटेको छ। दिनभर उतारचढावका वावजुत बजारमा ४५.१२ अंकको गिरावट आएको हो। आजको कारोबारपछि परिसूचक २८५४ अंकमा कायम भएको छ।
हिजो ८ अर्ब ६ करोडको कारोबार भएकोमा यस दिन कारोबार रकम भने बढेको छ। ९ अर्ब ९८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। म्युचुअल फण्डबाहेकका सबै समूह घटेका छन्। सो समूह ०.०२ अंकले बढ्यो।
बैंकिङ २२, ब्यापार ६०, होटल तथा पर्यटन १०६, विकास बैंक ९७, जलविद्युत ६०, फाइनान्स २१, निर्जीवन बीमा २४०, उत्पादन ११८, अन्य ३१, माइक्रोफाइनान्स ७२, जीवन बीमा २५४ र लगानी समूह २ अंकले घटे।
समृद्धि फाइनान्सको मूल्य ५ प्रतिशतले बढेको छ। अन्य बढेका कम्पनीको मूल्यवृद्धि ३ प्रतिशतभन्दा मुनि रह्यो। युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र ओरेन्टल होटलको मूल्य ५ प्रतिशतले घटेको छ।
त्यस्तै माहुली सामुदायिक लघुवित्त, शिवश्री हाइड्रोपावर, जलविद्युत लगानी तथा विकास कम्पनी, हिमाल दोलखा हाइड्रोपावर र नेसनल हाइड्रोपावरको मूल्य ४ प्रतिशत धेरैले घटेको छ।