image
image

साताको दोस्रो दिन नेप्सेमा गिरावट, ९ अर्ब ९८ करोडको कारोबार

काठमाडौँ, २८, असार । साताको दोस्रो दिन (सोमबार) सेयर बजार परिसूचक नेप्सेमा ४५ अंक माथिको गिरावट आएको छ । उता विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतद्वारा पुनःस्थापना हुँदै गर्दा आज यता सेयर बजारमा भने अधिकतम ४५.०६ अंकको गिरावट आएको हो । 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ४५.०६ अंकले गिरावट आउँदै २ हजार ८५४.७७ विन्दुमा झरेको हो । जबकी गत आइतबार लामो समयको मौनता तोड्दै नेप्से परिसूचक अधिकतम ७३३३ अंकको बृद्धि हुँदै २ हजार ८९८.४३ विन्दुमा पुगेको थियो । 

त्यसो त नेप्सेका अनुसार आज ठूला ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ८.६२ अंकले घटेर ५३४.८१ विन्दुमा झर्न पुगेको छ ।  यस दिन म्युचुअल फण्ड बाहेकका सबै जसो समूहहरु ऋणात्मक भएका छन् भने कुल २२९ कम्पनीका २ करोड ६० लाख माथिको सेयर ९२ हजार १९२ पटक किनबेच हुँदा ९ अर्ब ९८ करोड २६ हजार ५२७ रुपैयाँको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।