image
image

युनियन लाइफको आइपीओमा रेकर्ड ब्रेक

काठमाडौँ, २८, असार । युनियन लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको छ । यसमा हालसम्मकै उच्च २१ लाख ७२ हजार ८६८ जना लगानीकर्ताले आवेदन दिएका छन् । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्ममा ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ताका लागि आवेदन परेको छ । 
 
यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५८ लाख ५ हजार कित्तालाई आधार मान्दा ५.९१ गुणा बढी आवेदन हो । आज यो आइपीओमा आवेदन दिने अन्तिम दिन हो । तथापि, यो अन्तिम तथ्यांक भने नभएको बिक्री प्रबन्धकले जनाएको छ । अन्तिम भेरिफाईपछि तथ्यांक केही फरक पर्न सक्नेछ ।
 
यसअघि केहीदिन अघिमात्र निष्कासन गरेको जिवन विकास लघुवित्तको आइपीओमा हालसम्मकै उच्च २० लाख ८४ हजार ७६२ जनाले आवेदन दिएका थिए । युनियन लाइफले यसलाई पनि पछि पारेको छ । युनियन लाइफले असार २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो ।

जसमध्ये ५५ (३ लाख २२ हजार ५०० कित्ता० कर्मचारी र ५५ ९३ लाख २२ हजार ५०० कित्ता) म्युचुअल फन्डको लागि छुट्याइएको थियो । बाँकी ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यबस्था थियो । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यस आइपीओलाई इक्रा नेपालले आइआर बीबीबी रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।