image
image

खाने तेलमा अस्वाभाविक मूल्यवृद्धि, दुई उद्योग कारबाहीमा

काठमाडौँ - बजारमा खाने तेलमा अस्वाभाविक मूल्य वृद्धि गर्ने दुई उद्योगलाई कारबाही गरिएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।  

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा ती उद्योगले अस्वाभाविक मूल्य बढाएको फेला परेपछि कारबाही गरेको हो । उत्पादन मूल्यभन्दा अधिकतम खुद्रा मूल्य (एमआरपी) बढी राखेको फेला परेपछि बारामा रहेका महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी र अन्नपूर्ण भेजिटेबल प्रालिलार्ई तीन/तीन लाख रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाईले जानकारी दिए ।


अस्वाभाविक मूल्य लिई उपभोक्ता ठगी गर्ने दुई उद्योगलाई उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गरिएको उनले जानकारी दिए । मूल्य विश्लेषण गर्दा अस्वाभाविक मूल्य बढेको फेला परेपछि कारबाही गरिएको विभागले जानकारी दिएको छ । ती उद्योगलाई तत्काल मूल्य सच्याउनसमेत निर्देशन दिएको विभागले जानकारी दिएको छ । उद्योगले लागत मूल्यको २० प्रतिशतभन्दा बढी नाफा राख्न नपाइने व्यवस्था छ । 

ती उद्योगले लागत मूल्यभन्दा अधिकतम खुद्रा मूल्य बढी कायम गरेको पाइएको छ । नियमितरूपमा अनुगमन गरिरहेकाले अस्वाभाविक मूल्य लिई उपभोक्ता ठगी गर्ने उद्योगीलाई कारबाही गरिने प्रवक्ता सेढाईंले जानकारी दिए ।

पछिल्लो समय बजारमा व्यवसायीले खाने तेलको मूल्य अस्वाभाविकरूपमा बढेको छ । कच्चा पदार्थको मूल्य बढेर आएको भन्दै व्यवसायीले मनपरिढंगले तेलको मूल्य बढाउँदा त्यसको प्रत्यक्ष असर उपभोक्तालाई पर्न गएको छ । बजारमा प्रतिलिटरमा २० देखि ४० रुपैयाँ बढेको छ ।
तीन महिनाको अवधिमा खाने तेलको मूल्य लगातार बढिरहेको छ । तोरीको तेलको मूल्य प्रतिलिटर ४० रुपैयाँ, सनफ्लावर तेल पनि लिटरमा ४० रुपैयाँ र भटमासको तेल लिटरमा २० रुपैयाँभन्दा बढीले बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।