image
image

युनियन लाइफको आईपीओमा हालसम्मकै उच्च आवेदन

काठमाडौं, २९, असार । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा हालसम्मकै धेरै आवेदन परेको छ । ५८ लाख ५ हजार कित्ता सेयरका लागि २१ लाख ८२ हजार ८ सय ५५ वटा आवेदन परेको सीडीएस एण्ड क्लियरिङ हाउसले जनाएको छ ।

कम्पनीको प्रणालीमा आएको उक्त आवेदन हालसम्मकै सबैभन्दा धेरै भएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार यो आवेदन हालसम्मकै सबैभन्दा धेरै हो । आवेदकहरु मध्येबाट केही आवेदन भने रद्ध हुन सक्ने न्यौपानेले बताए ।

५८ लाख ५ हजार कित्ता सेयर प्रतिआवेदन १० कित्ताका दरले भागबण्डा गर्दा साबिकको आवेदकमध्येबाट पाँच लाख ८० हजार ५० जनालाई मात्रै सेयर पर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।