image
image

नेप्से  दोहोरो अंकले बढ्दा ६ कम्पनीको शेयरमूल्यमा वृद्धि 

काठमाडौँ २९ असार  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कोरोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेको छ । आज नेप्से १६.३४ अंकले बढेर दुई हजार आठ सय ७१ दशमलब ०३ विन्दुमा पुगेको छ ।   

त्यस्तै, आज नेप्सेमा कारोबार रकम भने घटेको छ । आज नेप्सेमा ५ अर्ब ५४ करोड  ६३ लाख बराबरको कारोबार भएको छ । हिजो सोमबार नेप्सेमा ९ अर्ब ९८ करोड बराबरको कारोबार भएको थियो । आज २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३ सय ८९ शेयर ५३हजार १ सय ३९ पटक कारोबार भएको छ ।     


नेप्सेका अनुसार आज ६ कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै, सानिमा लार्ज क्याम्प फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।  

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल बंगालादेश बैंकको भएको छ । यस कम्पनीको आज ४५ करोड भन्दा बढीको कारोबार भएको छ ।    
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।