image
image

बढ्यो बैंकिङ प्रणालीमा तरलता

काठमाडौँ २९ असार । आर्थिक वर्षको अन्त्यतिर आउँदा बैंकिङ प्रणालीमा तरलता केही सहज अवस्थामा पुगेको छ । असार २८ गते बैंकिङ प्रणालीमा  ८७ अर्ब तरलता रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् ।

आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले बजेट खर्च बढाएसँगै बैंकिङ प्रणालीमा पनि तरलता सहज अवस्थामा पुगेको हो । यद्यपि गत आर्थिक वर्षको अन्त्यमा २ खर्ब भन्दा बढी तरलता रहेको बैंकिङ प्रणाली यो वर्ष खासै तरलता बढ्ने सकेन ।

वैशाखको मध्येबाट सुरु भएको करिब डेढ महिनाको निषेधाज्ञा र त्यसपछि पनि बैंकहरूले क्लोजिङलाई मध्येनजर गर्दै लगानीकर्तालाई प्राथमिकतामा नराख्दा पनि बैंकिङ प्रणालीमा उल्लेख्य रूपमा तरलता बढ्न सकेन । आर्थिक वर्षको अन्त्यमा आयकर तिर्नुपर्ने भएकाले साउन पहिलो साता प्रणालीमा भएको तरलता थप घट्न सक्ने अनुमान गरिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।