image
image

नेपाल बंगलादेश बैंकबाट बंगलादेशी बैंकले लगानी फिर्ता लैजाने

काठमाडौं, ३०, असार । नेपाल बंगलादेश बैंकबाट मुख्य लगानीकर्ता बाहिरिने भएका छन् । बैंकमा ४०.०९ प्रतिशत सेयर रहेको बंगलादेशको आईएफआईसी बैंकले आफ्नो स्वामित्वको सम्पूर्ण सेयर विक्रीका लागि आवेदन दिएको बैंकले जनाएको छ ।

सोमबारको बैंक संचालक समिति बैंठकमा आईएफआईसीले आफ्नो स्वामित्वमा रहेको ४०.०९ प्रतिशत अर्थात ३ करोड ६८ लाख २७ हजार ४ सय २६ कित्ता सेयर बिक्रीका लागि आवेदन दिएको थियो ।

आईएफआईसीले आर्थिक वर्ष २०७७/७८ मा कुनै बोनस सेयर प्राप्त भएमा सो समेत संस्थापक सेयरहरु बिक्री गर्नका लागि आवेदन दिएको छ ।

‘नेपाल राष्ट्र बैंकको निर्देशन, यस बैंकको प्रवन्धपत्र तथा नियमावली र आइएफआईसी बैंकसँग रहेको संस्थापक सेयरहरु खरिद गर्ने पहिलो हक विद्यमान अन्य संस्थापक सेयरधनीहरुको हुने भएकाले नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही उपरोक्त सेयरहरु बिक्री गर्न लागेको बैंकले राष्ट्र बैंक लगायतका नियमकलाई लेखेको पत्रमा उल्लेख छ ।

उक्त सेयर खरिदका लागि इच्छुक संस्थापक सेयरधनीहरु सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र व्यक्तिगत विवरणसहित आवेदन दिनुपर्नेछ ।

३५ दिनभित्र कसैको निवेदन नपरे वा प्राप्त निवदेनहरु उक्त व्यवस्था बमोजम ‘फिट एण्ड प्रोपर टेस्ट’बाट अयोग्य देखिए वा प्राप्त विवरण पूर्ण नभइ ‘टेस्ट’ गर्न नसकिएमा नियमनुसार अन्य व्यक्ति वा संस्थालाई सेयरहरु बिक्री गरिने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।