image
image

नेप्से  झिनो अंकले बढ्दा तीन कम्पनीको शेयरमूल्यमा  वृद्धि   

काठमाडौँ ३० असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कोरोबारको चौथो दिन आज बुधबार झिनो अंकको बृद्धि भएको छ ।  हिजो मंगलबार नेप्से १६.३४ अंकले बढेर दुई हजार आठ सय ७१ दशमलब ०३ विन्दुमा पुगेको थियो । 

आज नेप्से १.१ अंकले बढेर दुई हजार आठ सय ७२ दशमलब ५ विन्दुमा पुगेको छ।  आज २२४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५ सय ३० शेयर ५० हजार ५ सय ९१ पटक कारोबार भएको छ ।

त्यस्तै आज ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २ सय ५ युपैयाँ बराबर बराबर भएको छ। आज कारोबार भएका समूहमध्ये पाँच समूह बढेका छन् भने अन्य समूह घटेका छन् ।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयर मूल्य बढ्ने कम्पनीहरुमा हिमालयन पावर पार्टनर, नेपाल फाइनान्स लिमिटेड र कालिका पावर कम्पनी रहेको छ ।

त्यस्तै, आज ६ कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी गुँरास फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको आज २९ करोड भन्दा बढीको कारोबार भएको छ ।    
      
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।