image
image

नेप्सेमा १४ लाख ४८ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौँ ३० असार । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेरो माइक्रोफाइनान्सको १६ दशमलव ९४ प्रतिशत बोनस शेयरसूचीकृत भएको छ । कम्पनीले उक्त बोनस वापतको १४ लाख ४८ हजार ६०० कित्ता शेयर सूचीकृत गराएको हो । 

बिहीवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । कम्पनीले गत पुस २८ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । 


बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश प्रस्ताव समेत कम्पनीले सोही सभाबाट पारित गरेकाले शेयरधनीहरुले बोनस वापतको कर तिर्नुपर्नेछैन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।