image
image

बजेट संशोधन हुन्छ : अर्थमन्त्री शर्मा

काठमाडौँ - नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले नयाँ सरकारको आवश्यकता र भिजनअनुसार आगामी आर्थिक वर्ष २०७८-०७९ को बजेट संशोधन गरिने बताएका छन् ।


बुधबार अर्थमन्त्रीको कार्यभार सम्हालेलगत्तै कर्मचारीहरुसँगको पहिलो बैठकमा शर्माले बजेट संशोधन गर्ने विषय इंगित गरेका हुन् । “बजेटका सन्दर्भमा अदालतले केही कुरा बोलेको पनि छ । नयाँ सरकारको आफ्ना आवश्यकता र भिजनको कुरा पनि छ । यसबारे हामी विस्तृत छलफलमा लागौं,” अर्थ मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले भने ।


अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई केही परिवर्तन गरी संसदबाटै पारीत गरेर ल्याउने नयाँ सरकारको तयारी छ । शर्माले मन्त्रालयको कार्यभार समालेको पहिलो दिन कोभिड खोप किन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँ बजेट सहमति दिने लगायतका विभिन्न महत्वपूर्ण फाइलहरु सदर गरेका छन् ।


अर्थमन्त्री शर्माले आफू अर्थतन्त्रको राम्रो ज्ञाता नभएको र संयोगले अर्थमन्त्रीको जिम्मेवारीमा आइपुगेकाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्न पनि कर्मचारीलाई आग्रह गरेका छन् ।


उनले कर्मचारीलाई काम छोडेर चाकडी गर्न नआउन आग्रह गरेका छन् । कर्मचारीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफू राष्ट्रको लागि केही गर्ने उद्देश्य साथ आएको बताए ।


- कारोबार दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।