image
image

विद्यार्थी संगठनको आन्दोलनपछि निगमले तेलको मूल्य घटायो

काठमाडौँ, ३१, असार । विद्यार्थी संगठनको संयुक्त निरन्तर आन्दोलनपछि नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा एक रुपैयाँ घटाउने निर्णय गरेको छ । निगमका प्रवक्ता विनिमणि उपाध्यायले विद्यार्थी संगठनको माग अनुरुप मुल्य घटाएको बताए ।

पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयलाई लिएर उक्त मुल्यवृद्धि फिर्ता गरिनु पर्ने भन्दै आन्दोलनरत संयुक्त विद्यार्थी संगठनको माग बमोजिम निरन्तरको छलफलबाट निगम सञ्चालक समितिले प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको उपाध्यायले जानकारी दिए ।

आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल- मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा एक रुपैयाले घटाएको उनको भनाई थियो । उनका अनुसार काठमाडौं ९निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसर भित्र० को लागि नयाँ खुद्रा विक्रि मूल्य क्रमशः १ सय २८ तथा १ सय ११ प्रति लिटर कायम गरिएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।