व्यवसायीलाई ९० प्रतिशतसम्म कर छुट
काठमाडौं, ३१, असार।काठमाडौं महानगरपालिकाले व्यवसायीलाई ९० प्रतिशतसम्म कर छुट दिने भएको छ।महानगरले आगामी आर्थिक वर्षको बजेटमार्फत व्यवसायीलाई यस्तो छुट दिने भएको हो।आगामी वर्षका लागि प्रस्तुत भएको आर्थिक विधेयक, २०७८ मा व्यवसायीलाई २० देखि ९० प्रतिशतसम्म कर छुट दिने उल्लेख छ।
कोरोना भाइरस संक्रमण (कोभिड–१९) महामारीबाट प्रभावित व्यवसायीलाई राहतस्वरुप कर छुटको व्यवस्था गरेको महानगरले बताएको छ।यसैगरी, सम्पत्ति करमा थप ८० प्रतिशतसम्म छुट दिने व्यवस्था समेत गरिएको छ।
कोरोना भाइरस संक्रमण (कोभिड–१९) महामारीबाट प्रभावित व्यवसायीलाई राहतस्वरुप कर छुटको व्यवस्था गरेको महानगरले बताएको छ।यसैगरी, सम्पत्ति करमा थप ८० प्रतिशतसम्म छुट दिने व्यवस्था समेत गरिएको छ।