image
image

स्वावलम्बन लघुवित्तको ५३ हजार कित्ता संस्थापक शेयर बिक्री

काठमाडौं, ३१, असार । नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको ५३ हजार १०० कित्ता संस्थापक शेयर बिक्री भएको छ ।

बैंकले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ९० हजार ६५३ कित्ता शेयर असार ६ गतेदेखि १७ गतेसम्म र असार १८ गतेदेखि २९ गतेसम्म गरी दुई चरणको लिलामी मार्फत उक्त शेयर बिक्री गरेको हो ।

पहिलो चरणको लिलामीबाट १ हजार कित्ता मात्र शेयर बिक्री गरेको बैंकले दोस्रो चरणको लिलामीमा ५३ हजार १०० कित्ता शेयर बिक्री गरेको हो । पहिलो लिलामीमा प्रतिकित्ता ७५० रुपैयाँ तोकेर लिलामीमा ल्याएको बैंकले दोस्रो चरणमा ५० रुपैयाँ घटाएर शेयर बिक्रीमा ल्याएको थियो ।

बैंकका स्वामित्वमा रहेको १ लाख ९० हजार ६५३ कित्ता शेयरमध्ये अब बैंकसँग १ लाख ३६ हजार ५५३ कित्ता शेयर बिक्री गर्न बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।